सोसल मिडिया
युनिकोड
सेयरबजार ओरालो लागे पनि चारवटा सेयरमा सकारात्मक सर्किट ब्रेक भएको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रो, सोलु हाइड्रोको सेयर १० प्रतिशतले बढेको हो।
यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः १०४.३०, ९३.९०, ५८.७०, ३३ रुपैयाँ कमाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
सूचक भने २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। दोस्रो कारोबार दिन ४८ वटाको बढ्दा २११ वटाको घटेको र ४ वटाको उही मूल्यमा कारोबार भएको छ।
सोमबार सिद्धार्थ इक्विटी फन्ड, नारायणी विकास बैंक, ग्रिनलाइफ हाइड्रोलगायतको सेयर धेरै घटेको छ। आजको अधिकतम गिरावट दर ४.३९ प्रतिशत छ।
कारोबारमा आज आँखुखोला जलविद्युत् कम्पनीको ६८ करोडको सर्वाधिक छ। यसबाहेक नेशनल हाइड्रोपावर ६६ करोड, अपरहेवाखोला ४१ करोड, एसवाई प्यानल ३७ करोड र रिडी पावर ३५ करोडको कारोबार भएको छ।
योसँगै कुल ११ अर्ब ९७ करोडको सेयर खरिदबिक्री भएको हो।