घट्यो आज सुनको भाउ, तोलाको कतिमा ओर्लियो ?

आइतबार, चैत १, २०८२

स्थानीय बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत १) सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । 

आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । 

गत शुक्रबार (फागुन २९) मा सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो । 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यस दिन तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ । 

शुक्रबार, पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्