सोसल मिडिया
युनिकोड
नेपाली बजारमा मंगलबार सुन-चाँदीको मूल्य बढेको छ।
सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन हजार आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तीन लाख १७ हजार दुई सय रूपैयाँ कायम भएकाे छ।
सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सयमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ताेलामा तीन सय १० बढेर पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला पाँच हजार चार सय १० रूपैयाँमा कारोबार भएको थियाे।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।