सुनको भाउ एकैदिन ५ हजार ६०० रुपैयाँले बढ्यो

आइतबार, फागुन १७, २०८२

आइतबार नेपाली बजारमा सुनको भाउ एकैदिन ५ हजार ६००  रुपैयाँले बढेको छ। नेपाल सुन - चाँदी व्यवसायी महासंघका अनुसार ५ हजार ६०० रुपैयाँले बढेर प्रतितोला सुन ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुन ३ लाख १४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। महासंघका अनुसार २४५ रुपैयाँले बढेर चाँदी प्रतितोला  ५ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार एक तोला चाँदी ५ हजार ७४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्