लगातार बढ्दै आएको सुनको मूल्य आज स्थिर

बुधबार, फागुन १३, २०८२

विगत केही दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य आज स्थिर छ। तर, चाँदीको मूल्य भने आज पनि वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलाको ३ लाख १४ हजार आठसय रुपैयाँमै स्थिर रहेको हो। हिजो सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको थियो। 

गएको आइतबारदेखि लगातार बढ्दै आएको सुनको मूल्य आज स्थिर रहेको हो। 

आइतबार सुनको भाउ तोलामा ५६ सय रुपैयाँ बढेको थियो भने सोमबार पनि ३२ सय बढेको थियो। गएका ३ दिनमा सुनको भाउ तोलामा १० हजार एकसय रुपैयाँ बढेको छ। 

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य तोलामा १३० रुपैयाँ बढेको छ। चाँदीको भाउ आज तोलाको पाँच हजार सातसय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। 

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्