सेयरबजारमा आज दोहोरो अंकको वृद्धि, कति भयो कारोबार ?

मंगलबार, फागुन १२, २०८२

सेयरबजारमा आज दोहोरो अंकको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा चढेको छ। 

यस दिन ९३ लाख कित्ता किनबेचपछि कुल ४ अर्ब २३ करोडको कारोबार भएको छ। 

यो कारोबारमा २१३ वटा सेयरको मूल्य बढेको छ भने ४२ वटाको घटेको र ६ वटाको पुरानै मूल्यमा किनबेच भएको छ। 

मंगलबार साल्पा विकास बैंकको १० प्रतिशतले बढेको छ। यसबाहेक रिलायन्स स्पिनिङ मिल्स, हिमालयन पावर पार्टनर, सागर डिस्टिलरी, बन्दीपुर केवलकारलगायतको अधिकतम ९.३१ प्रतिशतसम्मले बढेका छन्। 

गिरावट आउनेमा नेपाल एसबीआई बैंकको ३.५८ प्रतिशतले घटेको छ। यो नै आजको सर्वाधिक गिरावट हो। कारोबारमा आज एसवाई प्यानल अगाडि छ। कम्पनीको ३७ करोडको कारोबार भएको हो। 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्