नेप्सेसँगै कारोबार पनि घट्यो, कतिको निस्कियो हरहिसाब

आइतबार, जेठ १३, २०८१

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार घटेर बन्द भएको छ । नेप्से २.१४ अंकले घटेर २१.०९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेसँग कारोबार रकम पनि घटेको छ । चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको अन्तिम करोबार दिन पाँच अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक ३.३७ प्रतिशतले वृद्धि भएको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.२१ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका मध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ । २१५ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।

कालिञ्चोक दर्शनको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २७ रुपैयाँ ४० पैसा कायम भएको छ । एकैदिन यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३ रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्