बढ्यो आज सुनको मूल्य, तोलाको कति पुग्यो ?

बिहीबार, फागुन ७, २०८२

नेपाली बजारमा आज फागुन ७ गते बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ४३ सय रुपैयाँल बढेको हो ।

आजका लागि प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन (फागुन ६) तीन लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन चार हजार ८८० रुपैयाँ थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्