सोसल मिडिया
युनिकोड
नेपालकै सबै भन्दा ठुलो जिल्ला डोल्पाले पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) पाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपसचिव(गुनासो सुन्ने अधिकारी) रहेकी जुनु हमाल दाहाल डोल्पाको सिडिओ भएकी छिन्। जुम्ला चन्दननाथकी जुनुलाई त्यता पठाईएको हो।
पटकपटक सहसचिवको लिखितमा नाम निकालेर पनि उपसचिवमै सीमित हुँदै आएकी उनलाई अब ७,८८९ वर्ग किलोमिटर (३,०४६ वर्ग माइल) क्षेत्रफल ओगटेको डोल्पा चलाउनु पर्ने अभिभारा आईपरेको छ। ४२,७७४ रहेको डोल्पाका नागरिकको रेखदेख पनि उनै जुनुले गर्नु पर्ने भएको छ।
डोल्पाका सिडिओ भीमराज कोइरालालाई पाँचथरको सहायक सिडिओमा खटाइएको छ। गत भदौमा डोल्पामा सिडिओ भएका कोइराला ५ महिना नपुग्दै पाँचथरतिर पुगेका हुन्।
त्यस्तै, बझाङको सिडिओमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी मुकेशकुमार केशरीलाई पठाइएको छ। केशरीले डोल्पा चलाईसकेका छन्। गृह मन्त्रालयले केशरीलाई विभागबाट बझाङको सिडिओमा सरूवा गर्दै बझाङका सिडिओ कैलाश बहादुर ठकुराठीलाई दैलेखको सहायक सिडिओमा पठाइएको हो।
बागलुङको सहायक सिडिओ जनराज पन्तलाई गृह मन्त्रालय सरूवा गर्दै बागलुङको सहायक सिडिओमा नवराज बराललाई पठाइएको छ। कपिलबस्तुको सहायक सिडिओ बनेर भविश्वर घिमिरे गएका छन्। त्यस्तै धनुषाको सहायक सिडिओमा कृष्णप्रसाद गैह्रेलाई तोकिएको छ।