प्रधानमन्त्री कार्कीलाई झुक्याएका सचिव कर्णलाई खेदियो, सात सचिवको सरुवा

सोमबार, पुस १४, २०८२

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सात सचिवको सरुवा गरेको छ। गृहमन्त्रालयको सचिवमा राजकुमार श्रेष्ठको सरुवा भएको छ। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए। 

त्यस्तै गृहसचिव रामेश्वर दंगाल लोक सेवा आयोगमा लगिएका छन्। लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ। राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। 

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गर्ने निर्णयमा चलखेल गरेर प्रधानमन्त्रीलाई झुक्क्याएका श्रम सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। उनी माथि थप कारवाही हुँदैछ। 

उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई युवा तथा खेलकुद सचिवमा सारिएको छ भने युवा तथा खेलकुदका डा. हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। 

उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति र सचिव नै मधेशका भएका छन्। बाराका रामसहाय प्रसाद यादव उपराष्ट्रपति छन् भने महोत्तरीका कृष्णहरि पुस्कर कर्ण सचिव भएर गएका हुन्।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्