कसले कसलाई सिफारिस गरेपछि सुशीलाले चारजनालाई मन्त्री बनाइन् ?

शुक्रबार, मंसिर २६, २०८२

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज शुक्रबार पाँचौ पटक क्याविनेट बिस्तार गरेकी छिन् । चौध सदस्यीय मन्त्रिपरिषद् बनाएकी उनले आजै मात्र आफ्नो सरकारमा चार मन्त्री हुलेकी हुन् ।

महान्यायाधिवक्ता भईराएका डा. युवराज संग्रौलाको सिफारिशमा कार्कीले कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनाएकी छन् । संग्रौला झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए ।

त्यस्तै, रास्वपा त्यागेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको सिफारिशमा श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाईएकी छन् । युवराज र सुमनालाई कार्कीले मन्त्री बन्न आग्रह गरेपनि दुबैले आफू नगएर आफ्ना विश्वासिला पठाएका हुन् ।

श्रम मन्त्री बनेका राजेन्द्रसिंह भण्डारी पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको सिफारिशमा मन्त्री बनेका हुन् । वन तथा वातावरण मन्त्री बनेका जुम्लाका माधव चौलागाई कर्णालीको प्रतिनिधित्व गर्दै मन्त्री बनेका हुन। उनलाई कसले टेको हाल्यो त्यो भने प्रष्ट सँग खुलिसकेको छैन ।

चार जनै नयाँ मन्त्रीले सपथ खाएर कार्यभार सम्हालिसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्