सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल आज बाट ६५ वर्ष पूरा भएका छन्। उनी ६५ वर्ष पूरा हुनु भनेको आजैबाट अवकाशमा जानु हो। संवैधानिक निकायको पदाधिकारीको उमेरहद संविधानमै ६५ वर्ष तोकिएका कारण अब उप्रान्त उनी कुनै पनि सरकारी ओहोदाको पदका लागि योग्य हुने छैनन्।
उच्च अदालतका कामु मुख्य न्यायाधीशबाट अख्तियार पुगेका सिलवाल दुई वर्ष बढी काम गरेर घर फर्किएका हुन्। उनलाई अबिर माला लगाएर टंगाल स्थित अख्तियारले आजै घर पठाउने भएको छ।
२०७७ माघमा अख्तियारको आयुक्त भएर गएका सिलवाल ५ वर्ष काम गरेर अख्तियारबाट बिदा भएका छन्। उनीसँगै नियुक्त भएका प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्त जयबहादुर चन्द अर्को माघसम्म पदमा रहने छन्।
सिलवाल तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट अख्तियार पुगेका थिए। उनले चोलेन्द्रका प्यारा रामकृष्ण तिमिल्सिनालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा डामेर घर गएका हुन्।