मुख्यसचिव सहितकालाई घोक्रेठ्याक लगाउन कर्मचारीनै हेलिए, ज्याद्रो सुब्बाको अभियान फस्टायो

आइतबार, असोज ५, २०८२

सार्वजनिक प्रशासन रूपान्तरण अभियानले मुख्य सचिवदेखि गृह सचिवसम्मलाई आँखाको तारो बनाएको छ। सार्वजनिक प्रशासन रूपान्तरण अभियान-२०८ ले जेन-जी आन्दोलनको भावनालाई आत्मसात गर्दै मुख्य सचिवदेखि गृह सचिवसम्मलाई तत्काल बर्खास्त गर्न माग गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहसचिव, उपसचिव, शाखा अधिकृतसहित जेन-जी कर्मचारीहरूको भेलाले मुख्यसचिवलाई बर्खास्तदेखि ट्रेड युनियन खारेजीसम्मका माग अघि सारेका हुन् । अभियानले संसद्का महासचिव पद्यप्रसाद पाण्डे, मुख्यसचिव एकनारायण अर्याल, मुख्य रजिष्ट्रार विमल पौडेल, गृह सचिव गोकर्णमणि दुवाडीलगायतलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

जेन-जी अभियानले राजनीतिक तथा प्रशासनिक नेतृत्वको अक्षमता, अकर्मण्यता, अदूरदर्शिता र गैरजिम्मेवारपनका कारण हालको परिस्थिति उत्पन्न भएको पुष्टि भइ तत्कालीन राजनीतिक नेतृत्वको बहिर्गमन भइसकेको सन्दर्भमा सोही राजनीतिक नेतृत्वको मतियारको रूपमा रहेका हालको प्रशासनिक नेतृत्वबाट रूपान्तरण सम्भव नहुने ठहर गर्दै नेपाल सरकारका मुख्यसचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र गृह सचिवलगायत जिम्मेवार पदाधिकारी एवं कर्मचारीहरूलाई तत्काल बर्खास्त गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको छ। 

हुन पनि मुख्यसचिव अर्यालको भूमिका सार्वजनिक प्रशासनलाई धूमिल बनाउने प्रकृतिको भएको पूर्व सचिवहरूकै ठहर छ। पशुपति पोखरेलको नेतृत्व २०७८ सालबाट संचालित अभियानले अहिले आएर आकार ग्रहण गरेको हो। 

प्रशासनिक सुधारका लागि ट्रेड युनियन खारेजीको माग गर्दै पोखरेलले दक्षिण गेटमा नाङ्गै प्रदर्शन समेत गरेका थिए भने कचौरा बोकेर भ्रष्ट बिरुद्धको अभियान चलाएका थिए। अहिले उनको अभियान मुख्यसचिव हत्याउने तहमा पुगेको छ। ज्याद्रो सुब्बाको उपाधि पाएका उनले चलाएको झिल्कोले अहिले सिंगो कर्मचारी प्रशासनमा डढेलो लागेको छ। karmachari-1758469084.jpg

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्