सोसल मिडिया
युनिकोड
गृह मन्त्रालयले १७ जना सहसचिव र १२ जना उपसचिवको एकसाथ सरुवा गरेको छ। बुधबार भएको यो निर्णयसँगै काठमाडौँ र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्।
काठमाडौँमा छविलाल रिजाललाई र ललितपुरमा सुमन घिमिरेलाई खटाउने निर्णय भएको छ। घिमिरे यसअघि जिल्ला प्रशासन कार्यालय धादिङको प्रमुख थिए। धादिङमा ओखलढुंगाका सीडीओ विजयराज सुवेदीलाई खटाइएको छ।
यस्तै भक्तपुरमा नवराज घिमिरेलाई सरुवा गरिएको छ। दोलखा, भोजपुर, संखुवासभा, पाल्पा, सप्तरी,धनकुटा, ओखलढुंगा, बार, पर्सा, दाङ, सिरहा पनि प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।
को कहाँ ?