राजस्व अनुसन्धान कार्यालय बुटवल भन्सार चुहावट रोक्न कठोर बन्दै, दायर गर्यो मुद्दा

मंगलबार, भदौ ३, २०८२

राजस्व अनुसन्धान कार्यालय बुटवलले भन्सार चुहावट रोक्ने सवालमा तारन्तार सक्रिय बन्दै गएको छ। उसले भारतको पन्जाब, अमृतसर निवासी कुलदिप सिंह र रुपन्देही, तिलोत्तमा–१६, कोटीहवा निवासी रामबहादुर बि.क.लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारबाहीका लागि अदालतमा मुद्धा दायर गरेको छ। 

भन्सार चुहावटको मुद्दामा दुई जनाविरुद्ध रुपन्देही जिल्ला अदालत, सिद्धार्थनगर भैरहवामा अभियोग पत्र दायर गरिएको हो। प्रतिवादीहरूले सुनका गरगहनाहरू भन्सार प्रक्रियाबाट बचाई चोरी पैठारी गरी कारोबार गरेको पुष्टि भएपछि कार्यालयले मुद्दा दायर गएको हो। 

खरिद स्रोत, बिलबिजक, भन्सार प्रज्ञापन पत्रलगायत आवश्यक प्रमाण नदिई भन्सार महसुल तथा कारोबार लुकाई राजस्व चुहावट गरेको पाइएपछि जिल्ला सरकारी वकिल कार्यालय, सिद्धार्थनगरको रायअनुसार उनीहरूविरुद्ध मुद्दा दायर गरिएको बुटवल कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जनाएका छन् । दुवै अभियुक्तविरुद्ध जम्मा रु.२ करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ जरिवाना/सजाय माग गरेर मुद्दा दायर गरिएको घिमिरेले बताए। 

घिमिरेले बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय सम्हाले यता कारबाहीलाई तीब्र बनाएका छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्