सेयर बजारमा झुटो कारोबार गरेर ठगी गर्ने अग्रवाललाई किन लागेन सम्पत्ति शुद्धीकरण मुद्दा ?

शनिबार, साउन १०, २०८२

आफूले बेचेको सेयर आफैं किन्‍ने र महँगोमा जनता फसाउने धन्धा चलाउँदै आएका नादूद ठग सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई प्रहरीले समातेर हत्कडी लगाएपछि अग्रवालको लहैलहैमा लागेर सेयर खरिद गरेकाले पाप धुरी बाट कराएको भन्दै अग्रवाललाई कडा कारवाही हुने पर्ने बताएका छन्। 

अग्रवाललाई ठगी तथा विश्वासघात अरोपमा प्रहरीले गत सोमबार टोखाबाट पक्राउ गरेर थुनामा राखेर अनुसन्धान गरिरहेको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले अग्रवाललाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले उनीमाथि कडा अनुसन्धान गर्दैछ।  सोमबार समातिएका अग्रवालको सुरुमा तीन दिन र त्यसपछि एक दिन म्याद थपेर शुक्रबार फेरि चार दिन म्याद थपिएको छ। उनलाई सेयर सम्बन्धी ठगी तथा विश्वासघात गरेको अभियोगमा अनुसन्धान भएको हो। उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेका छन्। उनले ठगी अझै ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ। 

काठमाडौं जिल्ला अदालतबाट ३० असारमा अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको एक सातामा उनी पक्राउ परे ।

प्रलोभन देखाएर रकम ठगी गरेको पाइएपछि अग्रवालविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको छ । एकै पीडितबाट ठूलो रकम ठगी भएको प्रहरीले बताएको छ । यो ठगीमा अग्रवालसहित अन्य दुई जना पनि जोडिएको खुलेको छ । उनकी श्रीमती मिता मुरारका अग्रवाल र दिदी ज्योति अग्रवाल पनि सो ठगीमा जोडिएका छन्। उनीहरू विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

अग्रवालले आफन्त तथा साथीभाइ गरी १५ जनाको नामबाट सेयर खरिद–बिक्री गरेको पाइएको छ ।

यसरी कारोबार गर्दा अग्रवालले उनीहरूको नामबाट सेयर खरिद–बिक्री गरेको देखिए पनि वास्तविक स्वामित्व भने अग्रवालकै रहने गरेको धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । अग्रवालले आफ्नो नामको अतिरिक्त सविता अग्रवाल, ज्योति अग्रवाल, जयप्रकाश अग्रवाल, मिता मुरारका अग्रवाल, रेशु अग्रवाल, कुसुम देवी अग्रवाल, नरेन्द्रकुमार अग्रवाल, आहान मुरारका अग्रवाल, रामसिंह साउद, मनकुमारी गुरुङ, विरेन्द्र साउद, सीमाकुमारी अग्रवालका नामबाट सेयर कारोबार गर्दै आएका थिए ।

झुटा कारोबार गरेर दुनियाँ ठगेका अग्रवाललाई सम्पत्ति सुद्धिकरण निवारण ऐन अनुसार कारवाही गर्नु पर्नेमा प्रशासन नै पुगेको बुझिएको छ। धितोपत्र बोर्डको अनुसन्धानले अग्रवालले सेयर मूल्यमा चलखेल गर्ने अध्ययन गरेर झुटा कारोबारका लागि थप अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई पठाउने यस अघि नै सुझाव दिएको थियो। तर, शक्तिको आडमा उन्मुक्ति पाएका अग्रवाललाई छाडा छोड्दा दुनियाँ ठगिन पुगेका हुन्। 

झुटा कारोबार गर्दा कस्तो कारबाही हुन्छ ?

धितोपत्र ऐन २०६३ को ९४ र ९५ बमोजिमको कुनै काम गर्नेलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानी नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराई दिनु पर्नेछ ।

साथै यस कसुरको सन्दर्भमा धितोपत्र बोर्डले प्ररम्भिक अनुसन्धान गरी थप अनुसान्धनका लागि प्रहरी कार्यालयमा विवरणसहितको प्रतिवेदन पेश गर्नुपर्छ । प्रहरीले थप अनुसन्धान गरी प्रतिवेदन सरकारी वकीलको कार्यालयमा पेस गर्नु पर्नेछ । मुद्दा चल्ने/नचल्ने निर्णय सरकारी वकिलको कार्यालयले गर्ने व्यवस्था ऐनमा छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्