सोसल मिडिया
युनिकोड
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । उनको आजै पौने ९ बजे सपथ गराउने तयारी भएको छ ।
यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए । संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन् ।
शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन् ।
अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा कार्कीले सपथ ग्रहण गरेसँगै कुलमान घिसिङ र ओम प्रकाश अर्यालले पनि मन्त्रीको सपथ ग्रहण गर्नेछन् । उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन ।