सोसल मिडिया
युनिकोड
जेनजी आन्दोलनका सहभागीहरूले राष्ट्रपति कार्यालय महाराजगञ्जमा पनि आगजनी गरेका छन् । संसद् भवन, सिंहदरबार, विभिन्न दल र नेताहरूका कार्यालय तथा निवासमा आगजनी गरिसकेपछि प्रदर्शनकारीहरूको समूहले महाराजगञ्जस्थित राष्ट्रपति भवनमा पनि आगो लगाएको हो ।
नेपाली सेनाले राष्ट्रपतिलाई सुरक्षित स्थानान्तरण गर्न हेलिकप्टरमार्फत शिवपुरी लगेको छ, जहाँ सेनाको तालिम केन्द्र अवस्थित छ । यसअघि, सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बालुवाटारबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइसकेको छ ।