सोसल मिडिया
युनिकोड
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सहमतिपछि शिक्षक महासंघसँगको वार्ता पटकपटक भएको र अब निष्कर्ष उन्मुख रहेको बताएका छन्।
सोमवार साँझ बैठकपछि मन्त्री पन्तले शिक्षक महासंघसँगको चरणबद्ध वार्तापछि सहमतिबाट विषयहरु टुंगिन लागेको बताए।
शिक्षक महासंघसँगको वार्ता औपचारिक सहमतिको अवस्था नबनेको भन्दै सोमवार बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको थियो।
मन्त्रालयको टोली र महासंघको सहमतिका आधारमा समितिमा छलफल हुने भएपछि संसदीय समितिको बैठक स्थगित गरिएको थियो। अबको बैठकमा सबै विषय सहमति बनेर आउने शिक्षामन्त्री पन्तको भनाइ छ।
शिक्षक महासंघसँग भएको सहमतिहरुलाई मन्त्री पन्तले समितिमा टेबल गर्ने र छलफल गरी विधेयकको अंग बनाउने तयारी छ।
सरकार र शिक्षक महासंघ निष्कर्षमा नपुगी विद्यालय शिक्षा विधेयकमाथिको छलफल अपूरो हुने भन्दै सांसदहरुले छिटो सहमति जुटाउन सरकारलाई दबाब दिइरहेका छन्।
सरकारले असार १५ गतेभित्र ऐन नै जारी गर्ने भनेर आन्दोलनरत शिक्षकसँग सहमति गरेको छ।