सोसल मिडिया
युनिकोड
सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तु गर्दै उक्त जानकारी दिएका हुन्।
उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमूना परीक्षण हुने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको रूपमा स्तरोन्नति गरिने बताए।
उनले प्रयोगशालाको स्तरोन्नतिको लागि पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गरिने जिकिर गरे। अर्थमन्त्री पौडेलले यसबाट नमूना परीक्षणको लागि विदेशमा पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे।
उनले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, अगुपेन्चर लगायतका वैकल्पिक उपचार पद्धतिलाई प्रवर्द्धन गरिने बताए। उनले सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार गरिने समेत जानकारी दिए।