थाइल्याण्डबाट फर्किएका स्वास्थ्यमन्त्री पौडेल आफैँ परे थला

आइतबार, असार १५, २०८२

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ भएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको उनको सचिवालयले बताएको छ।

अस्वस्थ भएसँगै मन्त्री पौडेल आइतबार वीर अस्पताल भर्ना भएका छन् । सचिवालयका अनुसार मन्त्री पौडेललाई रुघाखोकी लगायतको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्