सबै प्रदेशका एक एक सरकारी अस्पतालमा अब जलनको उपचार हुने 

बिहीबार, जेठ १५, २०८२

स्वदेशमै जलनको उपचार सेवा प्रदान गर्न सबै प्रदेशका एक एक सरकारी अस्पतालमा विशिष्टकृत जलन उपचार विभाग सञ्चालन गरिने भएको छ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालमा जलनको सधन उपचारको लागि आधुनिक कक्ष विस्तार गरिने बताए। 

यस्तै, कीर्तिपुर जलन अस्पताल र धुलिखेल जलन अस्पताललाई पुँजीगत अनुदानको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्