ईसीडी शिक्षकको सेवा सुविधा बढ्यो, शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट

बिहीबार, जेठ १५, २०८२

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ। 

आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। इसिडी शिक्षकको सेवा सुविधा बढेको छ। 

विद्यालयका कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लागि १० अर्ब १६ करोड रकम छुट्याइएको अर्थमन्त्रीले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्