ओली र देउवाले एक घण्टासम्म एक्लाएक्लै के-के गरे ?

मंगलबार, वैशाख २, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। 

सरकारको कामकारबाहीको विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापासहित नेताले आलोचना गरिरहेका बेला दुई नेताबीच आज मंगलबार बिहान ११ बजे बालुवाटारमा छलफल भएको हो। 

छलफलमा सरकारका कामकारबाही तथा सत्तागठबन्धनको विषयबारे कुरा भएको नेताहरूले बताएका छन्। 

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बज्गाईँले दुई नेताको भेटबारे भने, 'सरकारका कामकारबाहीका विषयमा कुरा भएको हो। दुई नेतामात्रै हुनुहुन्थ्यो। संयन्त्रको बैठक डाक्ने कुरा भएको छ।'

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि दुई नेताबीच नियमित भेट भइरहने र आज पनि त्यसकै निरन्तरता भएको दाबी गरे। उनले भने, 'नियमित भेट भइरहेको हुन्छ। आज पनि त्यही भएको हो। उहाँहरू ४५ मिनेटजति बस्नु भयो।' 

पछिल्लो साता सत्ता गठबन्धनलाई लिएर अनेक टिप्पणी भइरहेका बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्