सोसल मिडिया
युनिकोड
प्राविधिक समस्यापछि सोमबार बन्द भएको शेयर कारोबार आजदेखि सुरु हुने भएको छ ।
र्यान्समवेयर आक्रमणका कारण ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समस्या आएएपछि सोमबार कारोबार बन्द गर्नुपरेको थियो । टीएमएसको ब्याकअप राखिएको डाटा हब प्रा.लि.को डाटा सेन्टरको प्राविधिक समस्या हल भएको जनाएको छ । डाटा सेन्टरको समस्या समाधान भएपछि आजबाट कारोबार गर्न सहज भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचना जारी गरेर डाटा सेन्टरमा देखिएको समस्या समाधान भएको उल्लेख गरेको छ । साथै, आज नियमित रूपमा कारोबार हुने पनि जानकारी दिएको छ ।
सोमबार अचानक शेयरबजार कारोबार गर्न ७२ वटा कम्पनीले नेप्सेले उपलब्ध गराएको शेयर कारोबार प्रणाली (टीएमएस) प्रयोग गर्दै आएका छन् । टीएमएस प्रणालीको विकास वाइको प्रा.लि.ले गरेको हो । वाइकोले विकास गरेको प्रणालीको ब्याकअप तथा पूर्वाधार व्यवस्थापनको काम डाटा हब प्रा.लि.ले गर्दै आएको छ ।