जग्गा नाप्ने सर्वेक्षक होटलमा एक लाखको बिटो नाप्दा नाप्दै अख्तियारको जालमा पारे

बुधबार, भदौ ३१, २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबासमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह घुस लिएको रकमसहित पक्राउ गरेको छ। 

साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

आयोगको टोलीले नापी सर्वेक्षक साहलाई सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा बर्दिबासस्थित एक होटलबाट मंगलबार साँझ पक्राउ गरेको हो। 

सर्वेक्षक साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए। 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  ०७:४९
प्रतिक्रिया दिनुहोस्