कार्तिक १६ उप्रान्त ठिक तीन महिना सरकारी कार्यालय नौ बजेदेखि चार बजेसम्म मात्र खुल्ने

आइतबार, कात्तिक १५, २०८३

कात्तिक १६ गते भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो ।

यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय कायम थियो । त्यो भन्दा पहिले दश बजेदेखि पाँच बजे सम्मलाई कार्यालय समय तोकिएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १३:१८
प्रतिक्रिया दिनुहोस्