सोसल मिडिया
युनिकोड
कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूका लागि कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी विशेष व्यवस्थाअन्तर्गत विवरण पेस गर्ने समयसीमा थप गरिएको छ ।
हालै भएको निर्णयअनुसार, यसअघि २०८३ असोज मसान्तसम्म रहेको विवरण पेस गर्ने म्याद बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो । अर्थ मन्त्रालयका अनुसार सम्बन्धित कानुनले तोकेको म्यादभित्र विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिला नगरेका कम्पनीहरूले यस व्यवस्था अन्तर्गत सुविधा पाउनेछन् ।
कम्पनीले आफ्नो कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा यो प्रक्रिया अपनाउन सक्नेछन् । कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ का लागि कानुन बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा आवश्यक विवरणहरू २०८३ पुस मसान्तभित्र पेस गर्नुपर्नेछ ।
तोकिएको समयभित्र विवरण र शुल्क बुझाएमा सोभन्दा अघिको अवधिमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना पूर्ण रूपमा मिनाहा हुने मन्त्रालयले जनाएको छ ।