सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन आज मंगलबार अमेरिका जाने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जान लागेका हुन्। उनले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन्।
यसअघि महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आइतबार न्युयोर्क प्रस्थान गरिसकेको छ। प्रधानमन्त्री शाहले गत भदौ १० गतेको रसुवा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरका बारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् ।
प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको जाहाजमार्फत आज ६ः२० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने तालिका छन्।
प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्ने तयारी गरेका छन्।
महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एउटा टोली गत आइतबार नै न्यूयोर्क पुगिसकेको छ।