कक्षा १२ को परीक्षामा संलग्न नहुने शिक्षक महासङ्घको निर्णय, सरकार झन् दबाबमा

मंगलबार, वैशाख २, २०८२

आन्दोलनरत नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको महासङ्घको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षकलगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको हो ।

चैत २० गतेबाट शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन जारी रहेको छ । यसैबीच महासङ्घले विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई पनि आन्दोलनमा बोलाएको छ ।

‘संस्थागत विद्यालयहरूसमेत बन्द गरिदिई आन्दोलनलाई सघाउन प्याब्सन र एनप्याब्सनलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्