प्रधानमन्त्रीलाई अमेरिका पठाएर मुख्यसचिव कार्कीले तताए गृहजिल्लाको बाटो

बुधबार, असोज ७, २०८३

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका उडेको भोलिपल्ट आज मुख्यसचिव गोविन्द बहादुर कार्की गृहजिल्ला भोजपुर हिँडेका छन् ।

बालेन्द्र सरकारले असार २४  गते कार्कीलाई मुख्यसचिव नियुक्त गरेको थियो । मुख्यसचिवको हैसियतमा कार्की पहिलो पटक जन्म जिल्ला प्रस्थान गरेका हुन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेललाई साथमा लिएर उनी भोजपुर हिँडेका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  ११:२९
प्रतिक्रिया दिनुहोस्