संसदमा अध्यादेश प्रस्तुत हुने भएपछि प्रचण्डले भएभरका विपक्षी बोलाए

बुधबार, फागुन २१, २०८१

आज बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले पाँच वटा अध्यादेश प्रस्तुत गर्ने सार्वजनिक भएपछी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई तातो लागेको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक डाकेका छन् ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्नेगरि प्रचण्डले विपक्षी दलको बैठक डाकेका हुन् । विपक्षी दलमा माओवादीसहित, नेकपा एस, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु छन् ।

संसद् अघि प्रचण्डले विपक्षी दलसँग छलफल गरेर अध्यादेशबारे निर्णय गर्न खोजेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्