सेनापति चीनबाट स्वदेश फर्किएको भोलिपल्टै आज प्रधानन्यायाधीश पनि उतै उडे

आइतबार, असोज ४, २०८३

प्रधानन्यायाधीश डा. मनोज शर्मा चीन प्रस्थान गरेका छन्। चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको कार्यक्रममा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन्। एक साताको चीन भ्रमण सकेर हिजो मात्रा नेपाली सेनाका प्रधानसेनापति स्वदेश फर्किएका छन्।  सेनापति स्वदेश फर्किएको भोलिपल्टै न्यायपति चीन हान्निएका हुन्। 

पछिल्ला दिनमा उच्च पदस्थको चीन भ्रमण बाक्लिएको छ। 

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १२:५३
प्रतिक्रिया दिनुहोस्