उर्जाका सहसचिव रूद्रसिंह सचिवमा बढुवा, बिजुली अड्डाको इडी बने दीर्घायु

शुक्रबार, असोज २, २०८३

उर्जा मन्त्रालयमा कार्यरत सहसचिव रूद्रसिंह तामाङ सचिवमा बढुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव तामाङलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।

सचिव बढुवाका लागि तामाङसहित आभा श्रेष्ठ र चक्रबहादुर बुढाको नाम सिफारिस भएको थियो। सरकारले पहिलो नम्बरमा रहेका तामाङलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १८:१४
प्रतिक्रिया दिनुहोस्