सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र साहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने गरि बैठक डाकिएको हो।
आजको बैठकले नेपाल सरकारका वरिष्ठ सहसचिव रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गर्नेछ। हिजो बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले तामाङ सहित आभा श्रेष्ठ र चक्रबहादुर बुढालाई सचिव बढुवाका लागि सिफारिश गरेको थियो। अहिलेसम्म सचिव बढुवाको चित्र हेर्दा एक नम्बरका सहसचिव नै सचिवमा बढुवा भएको हुँदा एक नम्बरी रुद्र नै सचिवमा उकालिने निश्चित छ।
अहिले उर्जा मन्त्रालयमा कम गर्दै आएका नुवाकोटे रुद्रको बढुवापछि गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन हुन सक्ने सम्भावना छ। त्यस्तै आजको क्याबिनेटले केही नियुक्तिका काम पनि गर्दैछ।