घाम अस्ताएपछि बस्ने गरि ओलीले डाके मन्त्रिपरिषद् बैठक, के छ एजेन्डा ?

बुधबार, फागुन २१, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ साढे ६ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए । त्यस्तै प्रशासन तर्फ एक र प्राविधिक तर्फ एक गरि दुई सहसचिवको सचिवमा बढुवा गर्ने निर्णय समेत हुने बुझिएको छ। 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्