बुधबारको प्रतिनिधिसभाको बैठकमा ५ अध्यादेश प्रस्तुत गरिने, यस्तो छ कार्यसूची

मंगलबार, फागुन २०, २०८१

माघ १८ गते पेस भएका ६ मध्ये ५ अध्यादेशलाई बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिने भएको छ। आज मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो। 

अध्यादेश संसद् बैठकको कार्यसूचीमा दोस्रोपटक राखिएको हो। यसअघि माघ २४ गते पनि कार्यसूचीमा राखेर स्थगित भएको थियो।  
 
संसद्‌मा पेस भएका ६ अध्यादेशमध्ये पाँच वटा मात्रै निर्णयार्थ पेस हुनेछ। यसका लागि दलहरूले सहमति गरिसकेका छन्। दलहरूले सहमति गरेपछि आजको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीमा समावेश गरेका हुन्।

जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धि अध्यादेश फिर्ता नलिए अन्य पाँचवटामा पनि समर्थन नगर्ने अडान लिएका थिए। अन्तत:उनीहरूको मागअनुसार नै सरकारले भूमिबाहेकका अध्यादेश सदनमा पेस गर्न लागेको हो। pratinidhisava-scaled-1741091175.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्