सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको अहंकार गर्ने सरकारले अध्यादेश ल्याउनु नै गलत भएको बताएका छन् ।
कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तथाकथित दुई तिहाइको अहंकार गर्ने सरकारले सदन आउँदै गर्दा अध्यादेश ल्याउनु नै गलत भएको बताएका हुन् ।
सरकारले संसदको चालु अधिवेशन गत माघ १८ गते सुरु हुनु भन्दा केही दिन अगाडि मात्रै विभिन्न ६ वटा अध्यादेश जारी गरेको थियो । अधिवेशन नरहेका बेला सरकारले ल्याएका ६ वटा अध्यादेश दुवै सदनमा पेस भइसकेका छन् । तर, दुवै सदनबाट अध्यादेश स्वीकृत हुन बाँकी छ ।
सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काललाई रोक्ने निर्णय गरेको छ भने अन्य पाँच अध्यादेश भोलि बुधबार बस्ने संसद बैठकबाट स्वीकृत गराउने तयारी गरेको छ ।