प्रधानमन्त्री ओलीको हुटहुटीमा विद्या भण्डारीको जलप, राजनेताको गुथाईन् पगरी

सोमबार, फागुन १९, २०८१

एमालेको पूर्व उपाध्यक्ष हुँदै राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको पगरी गुथाएकी छिन्। 

आज पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीसपना, सङ्घर्ष र संकल्प’ पुस्तकको लोर्कापर्ण समारोहलाई सम्बोधन गर्दै भण्डारीले कोरोना महामारी, मुलुकको आर्थिक विकास र समग्र राजनीतिक अवस्थामा ओलीले खेलेको भूमिकाको उच्च प्रशंशा गर्दै राजनेताको संज्ञा दिएकी हुन् ।

भण्डारीले भनिन् ‘मुलुकको आर्थिक समृद्धिका लागि उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु । उहाँको प्रभावकारी कार्यक्षमता र कार्यकुशलताको मुलुकले भरपूर उपयोग गर्नुपर्दछ । अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति सिर्जजनशील क्षमताका धनि प्रधानमन्त्री केपी शर्मा ओली एक अब्बल नेता र लोकप्रिय राजनेता हुनुहुन्छ । उहाँले आफ्नो आश्था निष्ठा को प्रतिमुर्तीको रुपमा अड्याउन सफल हुनुभएको छ’ ।

उनले आफूलाई आस्था अडान र निष्ठाको प्रतिमूर्तिको रुपमा उभ्याउन सफल रहेको सुनाइन् । उनले ओली एक कुशल रणनीतिकार समेत भएको बताइन् ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्