सोसल मिडिया
युनिकोड
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले केहीदिन घरमै आराम गर्ने भएकी छन् । नौदिन लामो अस्पताल बसाइपछि उनी आइतबार डिस्चार्ज भएकी हुन् ।
चिकित्सकले केहीदिन घरमै आराम गर्न सल्लाह दिएको त्रिवि शिक्षण अस्पतालकी प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिइन् । घाँटीको संक्रमणपछि फागुन ९ गते अस्पताल भर्ना भएकी मन्त्री भट्टराई हालसम्मको परीक्षणमा कुनै जटिलता नदेखिएको पनि गुरुङले बताइन् ।
बायोप्सीको रिपोर्ट आउन अझै एक–दुई दिन लाग्ने अस्पतालले जनाएको छ । घाँटीको ग्रन्थी (ग्ल्यान्ड)मा संक्रमण बढेपछि बायोप्सी परीक्षण गरिएको थियो ।