नेपालकै पहिलो महिला न्यायाधीशको ८४ वर्षको उमेरमा निधन

शुक्रबार, फागुन १६, २०८१

नेपालको न्याय क्षेत्रमा स्थापित भएकी नेपालकै पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। 

नेपालको पहिलो महिला न्यायाधिश हुँदै सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीशको परिचयले बाँधिएकी उनको महराजगन्जस्थित प्रहरी अस्पतालमा निधन भएको हो। ८४ वर्षको उमेरमा देह त्याग गरेकी उनको आजै ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्