सोसल मिडिया
युनिकोड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने टिप्पणी गरेका छन् ।
हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ अन्तर्गत मोरङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केबुलकार निर्माण विवादमा झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर थुप्रै प्रहरी पनि घाइते हुने परिस्थिति सरकारले बनाएको बताए ।
उनले भने, ‘झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने, थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ । फेरि पनि त्यसलाई रोकेर वार्ता र संवादबाट त्यसलाई रोकियोस् । यदि रोकिएन भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ ।’
पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको बताउँदै प्रचण्डले यसमा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरे ।