सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद् बैठक एक घण्टा पर सरेको छ । आज साँझ ५ बजे बस्ने भनिएको बैठक ६ बजेमात्रै सुरु हुने एक मन्त्रीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ ।
आजको बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्लाई हटाउनेबारे निर्णय हुने चर्चा छ । उर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव यसअघिको बैठकमा नै प्रस्ताव गरिसकेको पनि बताईएको छ ।
घिसिङ आज भारत जाने कार्यक्रम थियो । तर, मन्त्रिपरिषद्ले हटाउने तयारी गरेको समाचार बाहिरिएपछि उनले आफ्नो भ्रमण स्थगन् गरेका छन् ।