ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् एजेन्डा ?

सोमबार, फागुन १२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास गरिरहेका छन्। आजको बैठकमा पनि यस विषयमा छलफल हुन सक्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

सञ्चारकर्मीहरूले केही दिनअघि सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई सोध्दा उनले ‘ऊर्जामन्त्रीलाई नै थाहा होला’ भनेर संसद भवनबाहिर प्रतिक्रिया दिएका थिए। आजको बैठकले केही सहसचिवहरूको समेत सरुवा हुने भएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्