सोसल मिडिया
युनिकोड
पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले माओवादी केन्द्रको एकलौटी सरकार बनेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सम्पत्ति छानविन गर्ने घोषणा गरेका छन्।
उनले अहिलेसम्म नेता र कर्मचारीहरुको मात्रै सम्पत्ति छानविन भएकोमा अब पूर्वराजाले गरेका अनेकौं भ्रष्टाचारको फाइलसमेत खोल्नुपर्ने बताएका हुन् । उनले पूर्वराजा भनेर अब त्यसै छोड्न नहुने बताए ।
‘यो देशमा भ्रष्टाचारको फाइलहरु खोल्दा राजनीतिक दल, कर्मचारीहरुको मात्रै खोलिएको छ । अबको ०८४ मा माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो भने पूर्वराजाले पनि गरेका कामहरु, हिजो पूर्वराजाले गरेका भ्रष्टाचार, कहाँदेखि कमाए त उनले ? ती फाइलहरु पनि खुल्न सक्छन् । पूर्वराजा भनेर मात्रै हामी छोड्दैनौं । सबै फाइलहरु खुल्न सक्छन्,’– उनले भने ।
मोदी अख्तियारका तत्कालिन प्रमुख आयुक्त लोकमानसिङ्ग कार्कीलाई संसदीय समितिमै उदाङ्गो बनाएर चर्चामा आएका सांसद हुन्।