नेप्सेको सीईओ छान्न अर्थमन्त्रीले यी तीन भाईलाई दिए जिम्मा

आइतबार, फागुन ११, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया बल्ल अर्थ मन्त्रालयले अगाडि बढाएको छ।

अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई संयोजक तोकेर सिईओ छान्न तीन सदस्यीय समिति खडा गरेका छन्। 

पोखरेलको कप्तानीमा बनाईएको सीईओ नियुक्ति सिफारिस समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेललाई तोकिएको छ। 

गत माघ २६ गतेबाट कार्यकाल पूरा गरेर निवर्तमान सीईओ कृष्ण बहादुर कार्की बाहिरिसकेका छन्। त्यसयता नेप्से सीईओ विहीन भए पनि चांडै पूर्ति हुने मन्त्रालयले बताएको छ। 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्