प्रधानमन्त्री ओलीलाई सदनबाटै माओवादीले वर्थ डे गिफ्ट दियो, सोझै माग्यो राजीनामा

आइतबार, फागुन ११, २०८१

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री ओलीले ७४ औँ जन्मदिन मनाई रहँदा सदनमा उनको राजीनामा मागेर माओवादीले वर्थ डे गिफ्ट दिएको हो। 

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले प्रधानमन्त्री ओलीले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

त्यस्तै, उनले सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताए ।

यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्