माधव नेपालको जिल्लामा सिडिओ रित्तै, दुई जिल्लाका सिडिओको सरुवा

शुक्रबार, फागुन ९, २०८१

गृहमन्त्री रमेश लेखकले दुई जिल्लाका सिडिओको हेराफेरी गरेका छन्। अदलबदलमा परेका दुवै जना सहसचिव हुन्। 

नवलपरासी पश्चिमकी सिडिओ स्किम श्रेष्ठलाई मकवानपुरको सिडिओ बनाएर पठाएका लेखकले उनको सरुवापछि रिक्त रहेको नवलपरासी पश्चिमको सिडिओमा हिरालाल रेग्मीलाई खटाएका छन्। रेग्मी रौतहटको सिडिओ थिए।

रौतहटमा भने कसैलाई पठाईएको छैन। रौतहट एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको जिल्ला हो। खोटांग र ओखलढुंगा सहित रौतहट पनि सिडिओ बिहिन जिल्ला भएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्