संघीय निजामती विधेयक माथि आज पनि दफावार छलफल, थप दुई समिति सक्रिय

शुक्रबार, फागुन ९, २०८१

संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा दफावार छलफल हुनेछ । 

बैठक दिउँसो १ बजे बस्नेछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउन्ट एभरेष्ट ब्रुअरीमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा  अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र उधोग मन्त्रालयका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान साढे ११ बजे बस्नेछ । 

पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगतिबारे छलफल हुनेछ । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई बोलाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्