सोसल मिडिया
युनिकोड
दोश्रो संविधान सभाका सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ।
काठमाडौँस्थित हेल्पिङ ह्यान्ड हस्पिटलमा उपचारका क्रममा आज बिहान ३:५० बजे उनको मृत्यु भएको पार्टीले जनाएको छ।
उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्जसमेत थिए। श्रद्धाञ्जलीका निम्ति उनको शव आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि राखिने बताइएको छ। काभ्रेका उनी जिल्लामा लोकप्रिय नेता थिए।